ब्रेकिङ स्टोरी

सांसद हरि ढकालको प्रश्न : सिंहदरबार र बालुवाटारमा ‍गाईभैंसी हुल्नुपर्ने हो ?

By खबरहब

February 25, 2024

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले किसानको पक्षमा सांसदबाट आवाज उठाएका छन् ।

आइतबार प्रतिनिधिसभामा बोल्दै ढकालले दूध पोखेर किसानहरूले साङ्केतिक विरोध गरेको बताए । तर, यसो गर्दा पनि सरकारले अटेर गरेकोप्रति उनले खेद व्यक्त गरे ।

उनले प्रश्न गर्दै भने, ‘कृषिमन्त्री र सरकारलाई ब्युँझाउन सिंह दरबार र बालुवाटारमा किसानले गाईभैंसी हुलिदिनुपर्ने हो ? प्रणय बन्धनभन्दा पनि प्रेमिल गठबन्धनको कृषिमन्त्रीले मनलाग्दी नियुक्ति बाहेक अर्को के गर्नुभयो ? कृषि क्षेत्र र किसानका लागि गरेको एउटा काम भनिदिनुस् ।’