क्रिकेट

नेपाल एसीसी प्रिमियर कपको समूह ‘ए’ मा, पहिलो खेल मलेसियासँग खेल्ने

By खबरहब

February 25, 2024

काठमाडौं- एसियाली क्रिकेट परिषद् एसीसीले प्रिमियर कपको समूह छुट्याएको छ । एसीसीले आगामी अप्रिल महिनामा आयोजना हुने प्रतियोगिताको समूह वर्गीकरण गरेको हो । नेपाल समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरबसँगै परेको छ ।

एसीसीले जारी गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियासँग १२ अप्रिलमा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल कतारसँग १३ अप्रिलमा, तेस्रो खेल हङकङसँग १५ अप्रिलमा र चौथो खेल साउदी अरेबियासँग १७ अप्रिलमा खेल्नेछ ।

टी २० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको समूह बीमा भने ओमान, यूएई, कुवेत, बहराइन र कम्बोडिया छन् । यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ ।