देश/प्रदेश

रसुवामा मारुनी नाच प्रतियोगिता हुने

By खबरहब

February 25, 2024

रसुवा- रसुवाको धैबुङमा बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगिता हुने भएको छ । कालिका गाउँपालिका वडा नम्बर २ स्याउबारीमा रहेको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङ्टाङको आयोजनामा यही फागुन २६ गते क्षेत्रीयस्तरको मारुनी नाच प्रतियोगिता हुने जनाइएको छ ।

समाजको सांस्कृतिक समृिद्धको जीवित प्रमाणका रूपमा रहेका मौलिक बाजागाजा तथा नाचगान प्रवद्र्धन र लोकसंस्कृतिलाई जगेर्ना गर्नका लागि वर्तमान पुस्तालाई चेतना जगाउन नेपालमै पहिलो पटक मारुनी नृत्य प्रतियोगिता गर्न लागिएको रेडियो लाङटाङका सचिव गीता न्यौपानेले जिकिर गरिन् ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १५ हजार पुरस्कार प्रदान गरिने बताइएको छ । रेडियो लाङटाङले हालसम्म रसुवा र नुवाकोट जिल्लास्तरीय घाँसेगीत, रसुवा जिल्लास्तरीय लोकगीत र वक्तृत्वकला तथा पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता एवं उत्तरगया धाम र केरुङमा नेपाली श्रमिकको अवस्थाबारे सार्वजनिक छलफल कार्यक्रम आयोजना गरिसकेको छ ।