क्रिकेट

नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

By खबरहब

February 25, 2024

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७ ओभर ५ बलमा केबल २ विकेट गुमाउँदै भेट्टायो । नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले सर्वाधिक ५८ रन बनाए ।

त्यसैगरी साइनब्राड एङ्गेलब्रेख्टले ४६ रन जोडे । नेपालका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खेल सकिन ३ बल बाँकी छँदै अल आउट हुँदै १ सय ७२ रन बनायो । नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले ६६ रन बनाएका थिए ।