खेलकुद

एनआरटी केपी ओली कपको सेमिफाइनलमा

By खबरहब

February 25, 2024

काठमाडौं- न्यूरोड टिम (एनआरटी) केपी ओली फुटबल कपको सेमिफाइनलमा पुगेको छ ।

आइतबार सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एनआरटी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

एनआरटीको जितमा खेलको २८औं मिनेटमा विवेक गुरुङले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । विवेकले फ्री-किकबाट गोल गरेका थिए ।

अब एनआरटीले सेमिफाइनलमा जवालाखेल युथ क्लब र केपी ओली एफसीबीचको विजेताले खेल्ने छ । सेमिफाइनल खेल फागुन १७ मा हुने छ ।