सुरक्षा

सेना दिवसमा सैनिक प्रदर्शनी हुने

By खबरहब

February 25, 2024

काठमाडौं- महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रदर्शनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्ने भएको छ ।

यही फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रदर्शनीमा सर्वसाधारणलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ ।

सो क्रममा इतिहासदेखि हालसम्मका सेनासम्बन्धी गतिविधि तथा हातहतियार, उपकरण, पोशाकलगायत विविध विषयवस्तु प्रदर्शनमी रहने सेनाले जनाएको छ । निःशुल्क प्रवेश सुविधा मिलाइएको प्रर्दशनीमा सर्वसाधारण, विद्यार्थीलगायत सबैले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

युनिटी रनमा सहभागी हुनेहरुले यहाँ रहेको सैनिक गण तथा गुल्महरुमा नाम दर्ता गर्ने प्रवन्ध मिलाइएको छ । कञ्चनपुरबाट सहभागी हुने खेलाडी तथा सर्वसाधारणहरुको नाम दर्ता श्रीदल गुल्म भगतपुर ब्यारेकमा गर्न सकिने सेनाले जनाएको छ ।

गत वर्ष पनि सेना दिवसका अवसरमा सुदूरपश्चिममा सैनिक प्रर्दशनीका साथै खेलकुद लगायतका कार्यक्रम आयोजना गरेको थियो ।