राजनीति

एकीकृत समाजवादीनिकट युवा संघद्वारा मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता

By खबरहब

February 25, 2024

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले मिटरब्याजपीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

युवा संघका संयोजक कृष्ण कुमार विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘युवा संघ नेपाल नेपालीयुवाहरुको साझा र नेतृत्वदायी संगठन हो । यसले स्थापनाकालदेखि नै राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनजीविका एवं युवाका हक हित र अधिकारको पक्षमा आवाज उठाउँदै आएको छ ।’

विज्ञप्तिमा अघि भनिएको छ, ‘नेपालमा संचालन नभएका परिवर्तनका हरेक आन्दोलनमा युवा संघ नेपालको प्रभावकारी र नेतृत्वदायी भूमिका रहँदै आएको कुरा सबैमा जानकारीको विषय हो । संविधान र लोकतन्त्रको रक्षा गदै स्थायित्व, विकास र अग्रगमनको आशा जगाउने, जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने , युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचार विरुद्ध जेहाद छेड्ने र समाजवादी यात्रामा आमजनसमुदायलाई लामबद्द हुन प्रेरित गर्ने सन्देश प्रवाहका लागि युवा संघ नेपालले अभियान संचालन गरिरहेको जानकारी गर्दछौं ।’