देश/प्रदेश

नक्कलीजस्तै देखिने १ हजारका ६ वटा नोटसहित २ जना पक्राउ

By खबरहब

February 25, 2024

काठमाडौं- नक्कलीजस्तै देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाईबा रहेका छन् ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कमललाई १ हजार दरको ३ थान उक्त नोटसहित पक्राउ गरेको र थप अनुसन्धान गर्ने क्रममा काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१२ निलो माईक्रो पार्कबाट साजनलाई समेत १ हजार दरको ३ थान उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।