समाचार

क्यान्सररोग विशेषज्ञ डा. अरुण शाही सम्मानित

By खबरहब

February 25, 2024

काठमाडौं- क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय मानवअधिकार संगठन, नेपालले सम्मान गरेको छ । एक समारोह गरी उनलाई क्यान्सरका बिरामीको उपचारमा पुर्‍याएको योगदानको कदर गर्दै संगठनले उनलाई सम्मान गरेको हो ।

विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सेमिनारमार्फत क्यान्सरसम्बन्धी प्रामाणिक सूचना र जानकारी प्रवाह गर्दै क्यान्सर उपचारमा गरेको सेवाको उच्च मूल्याङ्कन गर्दै डा. शाहीलाई सम्मान गरिएको संगठनका अध्यक्ष भीकेएस ठकुरीले बताए ।

डा. शाही गत पुस ९ गते एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया, अमेरिकाबाट ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२३’ बाट पनि सम्मानित भएका थिए । उनी हाल पाटन अस्पतालमा कार्यरत छन् ।