तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

‘अमेरिकाले पूर्वी तुर्केस्तानलाई मान्यता दिनुपर्छ’

By खबरहब

February 25, 2024

वाशिङ्टन- चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइगुर समुदायसँग आबद्ध ६१ संस्थाहरुले अमेरिकी कंग्रेससमक्ष आफूहरुको भूमिलाई मान्यता दिन माग गरेका छन् ।

चीनले पूर्वी तुर्केस्तान भनिने आफूहरुको भूमिमा कब्जा गरेकाले उक्त भूमिलाई मान्यता दिन ती संस्थाहरुले अमेरिकी कंग्रेससमक्ष माग गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

इस्ट तुर्केस्तान राष्ट्रिय अभियानले विज्ञप्ति जारी गर्दै पूर्वी तुर्केस्तानमा बसोबास गर्ने उइगुर, कजाख र अरु आदिवासीलाई अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिन आग्रह गरेको छ ।

सन् १९४९ अक्टोबर १२ मा चिनियाँ कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाले पूर्वी तुर्केस्तानमा आक्रमण गरेको र सन् १९४९ डिसेम्बर २२ मा पूर्वी तुर्केस्तानको सरकारलाई अपदस्थ गरी साम्यवादी सत्ता स्थापना गरेको उनीहरुको भनाइ छ ।