अन्तर्राष्ट्रिय

चिनियाँ तटरक्षक जहाजसामु ताइवानी जहाज रोकिनु पर्दैन : ताइवान

By खबरहब

February 25, 2024

ताइपेई-  ताइवाने चिनियाँ तटरक्षक जहाजसामु ताइवानी जहाजहरु रोकिनु नपर्ने घोषणा गरेको छ । हालै चिनियाँ तटरक्षक जहाज र ताइवानी जहाजबीच मुठभेडको अवस्था आएसँगै ताइवानले यस्तो घोषणा गरेको हो ।

ताइवानको समुद्र मामिला परिषदमन्त्री क्वान बि लिङले ताइवानी जहाजहरु चिनियाँ तटरक्षक जहाजसामु रोकिनु आवश्यक नरहेको जनाएकी हुन् । यसअघि ताइवानको पर्यटकीय जहाज किङ सियाले चिनियाँ तटरक्षक जहाजले आफूहरुलाई रोकेको र चिनियाँ सैनिक प्रवेश गरेको जनाएको थियो ।

मन्त्री बि लिङले घटनालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै आइन्दा ताइवानी जहाजले चिनियाँ तटरक्षक जहाजसामु रोकिनु नपर्ने र केही सहायता आवश्यक परे समुद्री मामिला परिषदसँग सम्पर्क गर्न आग्रह गरिन् । उनले चिनियाँ जहाजको गतिविधिले मानिसहरु आत्तिएको र यस्तो कार्य जनताको हितमा नभएको पनि स्पष्ट पारिन् ।