प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा ५ वर्षे बालकको बलात्कारपछि हत्या

By खबरहब

February 25, 2024

इस्लामावाद- पाकिस्तानमा एक जना बालकको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । पाकिस्तानको ओकारा क्षेत्रमा ५ वर्षीय बालकको बलात्कारपछि हत्या भएको घटना बाहिरिएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएअनुसार ओकारा नजिकै बद्रीदास गाउँमा मजदुरी गर्ने मोहम्मद देसका ५ वर्षे छोरा वसिम अली बेपत्ता भएका थिए ।

पछि स्थानीय १८ वर्षे नबी बक्श नाम गरेका किशोरले उनलाई नजिकैको खेतमा लगेर बलात्कार गरेको र कपडाले नाकमुख थुनेर हत्या गरेको पाइएको हो ।

छोरा नभेटिएपछि खोजी गर्दै जाँदा बुबा मोहम्मद देसले छोराको मृत शरीर फेला पारेका थिए । उनको शवको मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेको ट्रिब्युनले जनाएको छ । प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।