खेलकुद

युभेन्टसको रोमाञ्चक जित

By खबरहब

February 25, 2024

काठमाडौं – इटालियन सिरी ए फुटबलमा युभेन्टसले रोमाञ्चक जित निकालेको छ । आइतबार राती भएको खेलमो युभेन्टसले फ्रोसिनोनलाई ३–२ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको लागि डुआन भालोभीले दुई तथा डेनियल रुगानी एक गोल गरे । फ्रोसिनोन तर्फबाट वलिद चादिराले र मार्को ब्रेशियानिनिले एक एक गोल गरे ।

युभेन्टसले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । भालोभीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । युभेन्टसको अग्रता धेरै समय टिक्न सकेन । खलेको १४ औं मिनेटमा फ्रोसिनोनका वलिद चादिराले बराबरी गोल गरे ।

त्यस्तै २७ औं मिनेटमा फ्रोसिनोनले अर्को गोल गर्दै अग्रता बनायो । मार्को ब्रेशियानिनिले गोल गर्दै फ्रोसिनोले २–१ को अग्रता बनायो ।

तर, डुआन भालोभीले व्यक्तिगत दोस्रो गोल गर्दा युभेन्टसले खेल २–२ को बराबरीमा ल्यायो । खेलको अतिरक्त समयमा रुगानीले गोल गर्दै युभेन्टसलाई ३–२ को जित दिलाए ।

जितसँगै २६ खेलबाट ५७ अंकसहित युभेन्टस दोस्रो स्थानमा छ । भने फ्रोसिनोन २३ अंकका साथ तालिकाको १६ औं स्थानमा छ । इन्टर मिलान २४ खेलबाट ६३ अंककासहित शीर्ष स्थानमा छ ।