अन्तर्राष्ट्रिय

इजिप्टको नाइल नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु

By खबरहब

February 25, 2024

कायरो – इजिप्टको राजधानी कायरो नजिकै आइतबार बिहान नाइल नदीमा एउटा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य चार जनालाई अस्पतालमा भर्ना गरिएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजिप्टको राज्य–सञ्चालित अहराम अनलाइन समाचार वेबसाइटले जनाए अनुसार सो डुङ्गाले कम्तिमा १० जना कामदार बोकेर गीजा गभर्नरेटको निकलाह गाउँतर्फ जाँदै गरेको बुझिएको छ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति अनुसार अस्पतालमा भर्ना भएका चारमध्ये ३ जना निको भएर घर फर्किएका छन् भने १ जनाको उपचार भइरहेको छ ।

बेपत्ताको खोजीका निम्ति दुर्घटनास्थलमा १० वटा एम्बुलेन्स पठाइएको मन्त्रालयले जनाएको छ ।