फाइल फोटो

आर्थिक

प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

By खबरहब

March 25, 2024

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो । सेसन अवधिमा २.११ अंकले बढेको नेप्से २०५०.६८ विन्दुमा पुग्यो ।

यो सेसनमा २९ कम्पनीको ४ हजार ३० कित्ता सेयर किनबेच हुँदा २८ लाख ३५ हजार ७६६ रुपैयाँको कारोबार भयो ।

यस सेसनमा १७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घट्यो ।