फाइल फोटो

आर्थिक

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?     

By खबरहब

March 25, 2024

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलाको १५०० रुपैयाँमा कारोबार भएको थियो ।