सांकेतिक तस्बिर

समाचार

करेन्ट लागेर एक जनाको मृत्यु

By खबरहब

March 25, 2024

कपिलवस्तु– कृष्णनगर नगरपालिका-८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालको ल्याब टेक्निसियनमा काम गर्ने दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय देवराज बिकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ ।

सोही स्थानमा रहेको काब्रोको रूखमा कोसा टिप्ने क्रममा विद्युत्को तारले छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।