समाचार

संवैधानिक परिषद्को बैठक स्थगित

By खबरहब

March 25, 2024

काठमाडौं– सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । 

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

 बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही चैत १८ गते ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । 

बैठकले महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गर्ने बुझिएको छ । महालेखा परीक्षक पद लामो समयदेखि रिक्त छ । गत जेठमा टंकमणी शर्मा दंगालको कार्यविधि सकिएपछि उक्त पद रिक्त रहेको हो ।

 संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति गर्ने व्यवस्था छ ।