काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आज बाग्मती प्रदेशस्तरीय ललितकला प्रदर्शनी सुरु भएको छ ।
प्रदर्शनीको औपचारिक उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले गरे । प्रदर्शनी चैत १६ गतेसम्म चल्ने छ ।
बागमती क्षेत्रका २२२ कलाकारले २५७ वटा कला प्रस्तुत गरेका थिए भने प्रदर्शनीमा चित्रकला, मूर्तिकला, तस्विर र प्रतिस्थापन कला समावेश थियो ।
यसअघि काठमाडौंमा मात्रै राष्ट्रिय प्रदर्शनी हुँदै आएकोमा यो पटकदेखि प्रादेशिकरूपमा गर्न थालिएको हो। प्रतिष्ठानले कर्णाली, गण्डकी, सुदूरपश्चिम, लुम्बिनी, कोशी र मधेश प्रदेशमा प्रदेशस्तरीय प्रदर्शनी सम्पन्न गरिसकेको छ।