देश/प्रदेश

एमाले सुर्खेत अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

By खबरहब

March 25, 2024

सुर्खेत– नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार देवकोटा प्रतिस्पर्धी अमृत बिसीलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिवमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै र शुशिला विश्वकर्मा निर्वाचित भए भने उपाध्यक्षमा ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्मा र उपसचिवमा हरिप्रसाद अधिकारी, गणेशमान खनाल, जयबहादुर खड्का, तृप्ति बिक र कोकिला सिंह पराजित भएका थिए ।