समाचार

महिला आयोगमै पीडितले गरिन् विष सेवन 

By खबरहब

March 25, 2024

काठमाडौं– राष्ट्रिय महिला आयोगमा एक ३० वर्षीया महिलाले विष सेवन गरेकी छन् । साेमबार दिउँसो ३ बजे उनले विष सेवन गरेकी हुन् ।

दाङकी विष्णु विश्वकर्मा (नाम परिवर्तन) ले जात नमिलेर परिवारले स्वीकार नगरेको र पछिल्लो समय श्रीमानले पनि बेवास्ता गरेको भन्दै आयोग पुगेको पारिवारिक निकट स्रोतले जनाएको छ ।

दलित संघमा उचित निर्णय नपाएपछि उनी आयोग पुगेकी थिइन् ।  त्यहाँ उनले आयोगकै शौचालयमा विष सेवन गरेकी छन् । उनलाई अहिले वीर अस्पतालमा भर्ना गरिएको छ । घटनाको बारेमा जानकारी लिन आयोगमा सम्पर्क हुन सकेन ।