ब्रेकिङ स्टोरी

इलाम उपनिर्वाचन : कांग्रेसले पठायो ७ जनाको नाम

By खबरहब

March 25, 2024

काठमाडौं– नेपाली कांग्रेसले इलाम २ को उपनिर्वाचनका लागि  ७ जनाको नाम केन्द्रमा पठाएको छ । 

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको बताए । उनका अनुसार ५ जना पुरुष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको छ । 

आकांक्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेका हुन् । 

यता कांग्रेस संस्थापन पक्षले भने जिल्ला सभापति डम्बरबहादुर खड्कालाई प्राथमिकता दिएको छ । 

गत भदौ २६ गते नेम्वाङको निधन भएपछि यो क्षेत्रमा आगामी बैशाख १५ मा उपनिर्वाचन हुने भएको हो ।

यो पनि- 

इलाम–२ मा युवालाई उठाउने, म उठ्दिनँ : खनाल

एकीकृत समाजवादीले आफ्नै उम्मेदवार खडा गर्छ : माधव नेपाल

एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

जनमतले इलाममा प्रेमदीपलाई उम्मेदवार बनाउने