समाचार

कर्णाली पुलबाट हामफालेका एक युवा बेपत्ता

By खबरहब

March 25, 2024

धनगढी — कर्णाली पुलबाट नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन् ।

सोमबार दिउँसो कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका हुन् ।

घटनालगत्तै डुंगाबाट उनको खोजी गरिए पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार सेनाको गोताखोर पठाइएको भए पनि रात परेकाले आज खोजी हुन सकेको छैन । मंगलबार बिहानैदेखि पुन खोजी गर्ने बताइएको छ ।

उक्त पुलबाट सोमबार दिउँसो १७ जनाले हाम फालेका थिए । फोटो खिच्न भनि गएका युवाहरुले एक्कासी नदीमा हाम फालेकाे प्रहरीले जनाएकाे छ । उनीहरुले नदिमा हाम फाल्नुको कारण भने खुलेको छैन ।