खेलकुद

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

By खबरहब

April 25, 2024

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लोरिएन्टलाई ४–१ गोलले हराउँदै पीएसजी विजयी भएको हो ।

पीएसजीको जितमा ओसमान डेम्बेले र किलीयन एम्बाप्पेले २–२ गोल गरेका थिए । लोरिएन्टका लागि मोहमद बाम्बाले एक गोल फर्काएका थिए ।

यो जितपछि पीएसजीले लिगमा आफ्नो अग्रता बढाएको छ । जारी लिगमा ३० खेलमा ६९ अंकसहित पीएसजी शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको मोनाकोको ५८ अंक छ । पराजित भएको लोरिएन्ट २६ अंकसहित १७औँ स्थानमा छ ।