देश/प्रदेश

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

By खबरहब

April 25, 2024

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै छन् ।

मुख्यमन्त्री कँडेलले आज दिउँसाे ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले गठबन्धनमा रहेका दलहरूबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

हिजोमात्रै मुख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् ।

४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद रहेका छन् । त्यस्तै प्रदेशसभामा कांग्रेसका १४, राप्रपा र स्वतन्त्रका एक–एक सांसद छन् ।

प्रदेशसभामा बहुमतका लागि २१ सांसदको समर्थन आवश्यक पर्दछ ।