डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

By खबरहब

April 25, 2024

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

जिल्लाको रावाबेंसी गाउँपालिका-१ बस्ने ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको डढेलोबाट फैलिएको आगोले जलेर बुधबार मृत्यु भएको हो ।

गाउँकै हरामटार मैन चौर सामुदयिक वनमा लागेको आगो निभाउने क्रममा जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।