तस्बिर : नवभारतटाइम्स

सूचना-प्रविधि

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

By खबरहब

April 25, 2024

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च गर्ने भएका छन् ।

उनले ल्याउने नयाँ एपले युट्युबसँग उद्देश्यले नयाँ एप ल्याउन खोजेको अनुमान गरिएको छ । सो एपको नाम एक्स टीभी रहेको बताइएको छ ।

एक्स (पहिलेको ट्विटर) का सीईओ लिन्डाका अनुसार छिट्टै सो एप सार्वजनिक गरिँदै छ । उनले गत मंगलबार एप लन्चको तयारीबारे जानकारी दिएकी हुन् ।

यो नयाँ एपको सहयोगमा स्मार्ट टिभीमा रियल टाइममा हेर्न सकिनेछ । साथै, ट्रेन्डिङ सुविधाहरूको अपडेटहरू यस एपमा उपलब्ध हुनेछन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट चल्ने उपकरणहरू पनि देख्न सकिनेछ ।

श्राेत : अन्तर्राष्ट्रिय मिडियाकाे सहयाेगमा