सांकेतिक तस्बिर

अपराध

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

By खबरहब

April 25, 2024

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट रकम लिए पश्चात् विदेश नपठाई ठगी गरेकाे आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटा घर भई चाबहिल बस्ने ५२ वर्षीय कुलबहादुर लिम्बु र झापा घर भई बुढानीलकण्ठ बस्ने ३८ वर्षीय विजय भण्डारी रहेका छन् ।

कुलबहादुरले मोनिराज राई समेत दुई जनालाई क्रोएसियामा आकर्षक तलबको प्रलोभन देखाई दुई लाख ५५ हजार रुपैयाँ ठगी गरेकाे  आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जोरपाटीबाट बिहीबार पक्राउ गरेको हो ।

त्यस्तै, विजयले शेखर थापा समेत ८ जनालाई स्पेनमा आकर्षक तलबको प्रलोभन देखाई ५६ लाख रुपैयाँ ठगी गर्ने गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बबरमहलबाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।