देश/प्रदेश

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

By खबरहब

April 25, 2024

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले जलेर आज चार घर नष्ट भएका छन् । 

स्थानीय गिरीधारी यादव, शिवधारी यादव, किशोरी बैठा र मोहावी रायको घर आगोले जलेर खरानी भएको छ । अन्य केही घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

स्थानीयका अनुसार शिवधारी यादवको छोरीको आज विवाह हुँदै थियो । सोही क्रममा एक्कासि आगलागी भएको हो । आगलागीबाट विवाहका लागि ल्याएको लत्ता कपडा, अन्नपात, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ । 

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहयोगमा आगो निभाइएको छ । आगो निभाउन वारुणयन्त्र प्रयोग गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। आगलागीबाट भएको क्षतिको प्रहरीले  विवरण संकलन गरिरहेको छ ।