देश/प्रदेश

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

By खबरहब

April 25, 2024

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन भएका छन् ।

नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको छैठौ विस्तारित बैठकले नेपाल खेलकुद महासंघ सुनसरीमा बिकल पौडेललाई सुनसरी जिल्ला संयोजक चयन गरेको हो ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेतको प्रमुख आतिथ्यतामा खेलकुद महासंघ कोशी प्रदेश कमिटीको झापाको दमकमा भएको छैठौ विस्तारित बैठकले तीन महिना भित्र जिल्ला अधिवेशन सक्ने गरी संयोजकमा इटहरीका पौडेल र दुहबीका रमेश बाबु थापालाइ सह संयोजकको जिम्मेवारी तोकेको हो ।

पौडेलले अब सुनसरीको खेलकुद चेत्रलाई चुस्त दुरुस्त बनाई अधिवेशन मार्फत चाडै नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्।