खेलकुद

रुपन्देही ‘ए’ डिभिजन लिग आजदेखि, सुनौलो संगम र हिमाल युथ भिड्ने

By खबरहब

May 25, 2024

रुपन्देही– रुपन्देही ‘ए’ डिभिजन लिग आजदेखि सुरु हुँदैछ । बुटवलमा आज दिउँसो साढे ३ बजे लिगको उद्घाटन हुनेछ ।

बुटवल उपमहानगरपालिका–११ स्थित एन्फा खेल मैदानमा आज हुने उद्घाटन खेलमा साविक विजेता सुनौलो संगम र हिमाल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

रुपन्देही जिल्ला फुटवल संघको आयोजनामा हुने प्रतियोगितामा ९ टिमको सहभागिता रहनेछ ।

टिममा ‘ए’ डिभिजनका ७ तथा बी डिभिजन लिगबाट छनोट भई बढुवा भएका २ वटा क्बल गरी ९ टिम रहने छन् ।

जसमा यो वर्ष समूह ‘ए’मा बढुवा भएका हिमाल युथ क्लब र सिम्रिक युथ क्लबसँगै साविक विजेता सुनौलो संगम युवा क्लब, गोर्खा ब्वाईज, बुटवल युनाइटेड, सौभाग्य युवा क्लब, फर्साटिकर युवा क्लब, लिस्नु युवा क्लब र डिएमसी छन् ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा जम्मा ३६ खेल हुने छन् ।

प्रतियोगिताको विजेता १ लाख, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार र चौथो टोलीले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।