देश/प्रदेश

प्रहरी हिरासतमा रहेका सिरोहिया अस्वस्थ, अस्पताल भर्ना

By खबरहब

May 25, 2024

काठमाडौ– नागरिकता सम्बन्धी कसुरमा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

चार दिनदेखि हिरासतमा रहेका सिरोहियालाई उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखेपछि अस्पताल भर्ना गरिएको हो ।

उनलाई सुरुमा जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएकोमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सारिएको छ ।

छाती तथा मुटुमा कठिनाइ, रिंगटा लाग्ने, टाउको दुख्ने समस्या बढेपछि परिवारले सिरोहियालाई अस्पताल पठाउन आग्रह गरेका थिए ।

सिरोहियालाई पहिलेदेखि नै मधुमेह, उच्च रक्तचापलगायतको समस्या रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सिरोहिया गत मंगलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको कार्यकक्षबाट पक्राउ परेका थिए ।