अन्तर्राष्ट्रिय

माल्दिभ्सलाई चीनको पानी उपहार

By खबरहब

May 25, 2024

काठमाडौं– चीनले माल्दिभ्सलाई तिब्बती हिमनदीहरूबाट १५ सय टन पानी उपहार दिएको छ ।

माल्दिभ्स चारैतिर समुन्द्रले घेरिएको भए पनि त्यहाँ पिउने पानीको अभाव छ । त्यसैले माल्दिभ्सका लागि चीनको पानी उपहार विशेष मानिएको छ । माल्दिभ्स सरकारले यसका लागि चीन सरकारलाई धन्यवाद दिएको छ ।

यसअघि मार्च २७ मा चीनले १५ हजार टन पानीको पहिलो खेप माल्दिभ्स पठाएको थियो ।

यस्तै, चीनले माल्दिभ्समा मौसम अनुगमन प्रणालीलाई सुदृढ गर्न पनि सहयोग गरिरहेको छ ।

माल्दिभ्स जलवायु परिवर्तनको मारमा परेको छ र यसको कारण समुद्रको सतह द्रुत रूपमा बढिरहेको छ ।