समाचार

रास्वपा भन्छ- ‘बजेट प्रक्रियाबाट आउँछ, सहमति जुट्छ’ 

By खबरहब

May 25, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम मन्त्री डोलप्रसाद अर्यालले बजेट प्रक्रियाबाट आउने दाबी गरेका छन् ।

शनिवार खबरहबसँग कुरा गर्दै अर्यालले नेपाली कांग्रेससँग आइतबारसम्ममा सहमति जुटाएर जाने तयार रहेको बताए ।

उनले भने, ‘भोलीसम्ममा सहमति जुट्छ । बजेट प्रक्रियाबाट नै आउँछ । साथीहरू सहमतिका लागि विभिन्न चरणमा छलफलमा हुनुहुन्छ ।’

फागुन ३० बाट नै कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय समिति बनाउन माग गरिरहेको छ ।

तर रास्वपा सभापति तथा गृहमन्त्री समेत रहेका रबि लामिछाने समिति बनाएर आफ्नो विषयमा अध्याय गर्न मानेका छैनन् ।

यता नेपाली कांग्रेस भने गृहमन्त्रीमाथि छानबिन नभएसम्म सदन नचल्ने बताइरहेको छ ।