राजनीति

कांग्रेस भन्छ : सहमति गर्ने या नगर्ने सरकारको हातमा छ 

By खबरहब

May 25, 2024

काठमाडौं– नेपाली कांग्रेसले सहकारी प्रकरणमा छानबिन समिति बनाउन सहमति गर्ने वा नगर्ने सो निर्णय सरकारको हातमा भएको बताएको छ ।

पछिल्लो समय कांग्रेस गृहमन्त्री रवि लामिछानेको नाम किटान नगर्ने कुरामा लचिलो भएको देखिन्छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामीले नाम किटान गरेपछि छानबिन समिति बनाऊ भनेका छौँ । तर समस्याग्रस्त सहकारी भने किटान हुनुपर्छ । गृहमन्त्रीको नाम किटान नभए पनि उहाँको नाम जोडिएका ४ सहकारीको नाम त आउनुर्‍यो नि ।’

सत्ता जगाइदिन पनि कांग्रेस लचिलो भएको भन्दै अब सहमति गर्ने या नगर्ने सत्तापक्षको हातमा भएको उनको भनाइ छ ।

यता कांग्रेस सहमहामन्त्री तथा संसद् बद्री पाण्डेले पनि अब सत्तापक्षले प्रतिपक्षले गरेको त्यागलाई सम्मान गरेर समिति बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।