साहित्य

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न स्रष्टा तथा साहित्यकारलाई सम्मान

By खबरहब

May 25, 2024

काठमाडौं– दायित्व वाङ्मय प्रतिष्ठान नेपालले विभिन्न स्रष्टा तथा साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानको २५ औ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दायित्व वाङ्मय विशिष्ट सम्मान रमेशचन्द्र देवकोटा र डीआर पोखरेललाई प्रदान गरिएको हो ।

यस्तै दायित्व वाङ्मय सम्मान अमर कुमार प्रधान र बासुदेव गुरागाईँलाई प्रदान गरिएको छ भने विद्धच्छिरोमणि हेमराज पुरस्कार प्रा दिनेशजारज पन्तलाई प्रदान गरिएको छ । त्यसैगरि दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार सिर्जनशील अपाङ् विधालयलाई प्रदान गरिएको छ ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले समाज प्रगतिशील रहेकाले सृजनाहरूलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा हरिकला गुणाकर दायित्व रचना पुरस्कार विष्णुप्रसाद शर्मा पराजुली, दायित्व सीता पन्त स्रष्टा पुरस्कार रामेश्वरी पन्त र दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार सृृष्टि केसीलाई प्रदान गरिएको छ ।