देश/प्रदेश

परशुराम साहित्य महोत्सव सम्पन्न

By खबरहब

May 25, 2024

डडेलधुरा– परशुराम नगरपालीकामा रहेको परशुराम धाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ ।

आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा संचालित महोत्सबमा सहभागीहरुको उल्लेख उपस्तिथि रहेको थियो । महोत्सवलाइ विभिन्न सत्रमा बिभाजन गरेर शिक्षा,स्वास्थ्य,उद्यम स्वरोजगार,साहित्य स्थानीय सरकार लगायतका बिसयमा मन्थन गरिएको थियो ।

समापन समारोहमा बोल्दै नगर प्रमुख भरत जोशीले परशुराम धामलाई धार्मिक पर्यटन को रुपमा राष्ट्रिय अन्तरास्ट्रिय तहमा पहिचान गराउने राष्ट्रिय स्तरमा पहिचान बनाएका साहित्यकार हरुको स्थानीय साहित्यकार संग साक्षातकार गराउने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने लगायतका बहुउद्देश्य लिएर महोत्सव संचालन गरीएको बताए ।

महोत्सवमा स्थानीय विद्यालयका बिद्यार्थीले साहित्य र संस्कृति लगायतका अनेक कला प्रस्तुत गरेका थिए । समापन समारोहमा नगरपालिकाकि प्रमुख प्रसासकिय अधिकृत कल्पना भट्टले सहभागी सम्पुर्णलाइ धन्यबाद ज्ञापन गरेकि थिइन ।

समापन मन्तव्यमा नगरप्रमुख जोशीले यो बर्षदेखी सुरुवात भएको महोत्सव आगामी बर्षहरुमा निरन्तरता दिइने बताए ।