सांकेतिक तस्बिर

अपराध

प्रहरीमा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

May 25, 2024

विराटनगर । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मोरङको कटहरी गाउँपालिका–३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

पासवानले कटहरी गाउँपालिका– ५ का एक जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।