खेलकुद

कोपा अमेरिका : कोलम्बियाको विजयी सुरुवात

By खबरहब

June 25, 2024

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘डी’ काे खेलमा पाराग्वेलाई २–१ गोलले हराउँदै कोलम्बिया विजयी भएको हो ।

कोलम्बियाका लागि डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गरेका थिए । यस्तै, पाराग्वेका जुलियो इनसियोले एक गोल फर्काएका थिए ।

खेलको ३२औँ मिनेटमा डेनियलले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ४२औँ मिनेटमा जेफरसनले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि खेलको ६९औँ मिनेटमा पाराग्वेका इनसियोले एक गोल फर्काए पनि टोलीको हारलाई टार्न सकेनन् ।

यो जितसँगै कोलम्बिा पहिलो खेलबाट ३ अंक जोड्दै समूहको शीर्षस्थानमा छ । ब्राजिल र कोस्टारिका १–१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । पराजित भएको पाराग्वे अंकविहीन हुँदै पुछारमा छ ।