खेलकुद

युरोकपमा स्पेनको अपराजित यात्रा

By खबरहब

June 25, 2024

काठमाडौं– युरोकप फुटबलमा स्पेनले अपराजित यात्रा कायम राखेको छ । आज बिहान भएको समूह ‘बी’ को खेलमा अल्बानियालाई १–० गोलले हराउँदै स्पेन विजयी भएको हो ।

स्पेनका लागि फेरान टोरेसले एक गोल गरेका थिए । खेल सुरु भएको १३औँ मिनेटमा उनले गरेको गोल नै स्पेनको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै तीन खेलबाट स्पेन समूह चरणमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेर प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

यो समूहबाट स्पेन शीर्ष स्थानमा रहँदा इटाली ४ अंकका साथ दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो ।