क्रिकेट

टी– २० विश्वकप : अफगानिस्तान सेमिफाइनलमा

By खबरहब

June 25, 2024

काठमाडौं– आईसीसी विश्वकप टी–२० क्रिकेटमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको सुपर–८ को अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो ।

सन् २०१० बाट विश्वकप खेल्दै आएको अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुगेकाे हाे ।

अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७ ओभर ४ बलमा अल आउट हुदै १०५ रनमा समेटिएको थियो । वर्षाले प्रभावित भएको खेल १९ ओभरमा झारिएको थियो । जसमा बंगलादेशले ११४ रनको लक्ष्य पाएको थियो ।

अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल बिहीबार बिहान सवा ६ बजे सुरु हुनेछ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र इंग्ल्याण्ड खेल्ने छन् । यो खेल बिहीबार राती सवा ८ बजे सुरु हुनेछ ।

अस्ट्रेलिया र बंगलादेश भने विश्वकप प्रतियोगिताबाट बाहिरिएका छन् ।