खेलकुद

तीन दिनको बीचमा अस्ट्रेलियालाई तीन ठूला झट्का

By खबरहब

June 25, 2024

एजेन्सी- पछिल्ला तीन दिनभित्र अस्ट्रेलियनले क्रिकेट टोलीले तीन ठूला झट्का ब्यहोरेको छ ।

आइतबार मात्रै दक्षिण एसियाली टोली अफगानिस्तानले अस्ट्रेलियालाई हराउँदै अहिलेसम्मकै ठूलो उलटफेर गरिदिएको थियो ।

त्यसपछि सोमबार राति अस्ट्रेलियालाई भारतले २४ रनले हराइदिएको थियो । जसले अस्ट्रेलियाको विश्वकप यात्रा धर्मराएको थियो ।

यसँसगै सन् २०२३ को वान डे विश्वकपमा भारतलाई मिलेको हारको बदला पनि पूरा भएको थियो ।

मंगलबार मात्रै अफगानिस्तानले बंगलादेशविरुद्ध जित निकाल्दै अस्ट्रेलियालाई टी-२० विश्वकप क्रिकेटबाट घरको बाटो देखाइदियो ।

अफगानिस्तानले बंगलादेशलाई हराउँदा अस्ट्रेलियन टोली टी२० विश्व कपबाट बाहिरिएको छ । अस्ट्रेलियाको आशा नै बंगलादेशको जितमा टिकेको थियो ।

कम रन बनेको यस खेलमा कुनै बेला बंगलादेशको टिम आफैं त बाहिरिन्छ नै अफगानस्तानलाई पनि घर पठाउने देखिएको थियो ।

यसको फाइदाअस्ट्रेलियालाई हुनेवाला थियो तर अफगानिस्तानका बलरले गजब पुनरागमन गर्दै लगातार विकेट लिएर सम्झनलायक जित निकाले ।

यससँगै सेमिफाइनलका चार टिम तय भएका छन् । अब अफगानिस्तानले पहिलो सेमिफाइनल खेलमा २७ जुनमा दक्षिण अफ्रिकासँग खेल्ने छ ।

उता भारतीय टोलीले दोस्रो सेमिफाइनलमा इङंल्यान्डसँग खेल्नेछ । यससँगै पछिल्ला तीन दिनयता अस्ट्रेलियन टोलीलाई तीन ठूला झट्का लागेको छ। विज्ञापन

आजको खेलमा पहिले ब्याटिङ गर्दै अफगानिस्तानले पूरै २० ओभरमा केबल ११५ रन बनाएको थियो ।

जवाफमा बंगलादेशको टोली १७.५ ओभरमै १०५ रन बनाउँदै अलआउट भयो । बर्षाका कारण उसलाई १९ ओभरमा ११४ रनको चुनौती मिलेको थियो ।