जीवनशैली

पसिना धेरै आउँछ ? यस्तो समस्या भएको हुन सक्छ

By खबरहब

June 25, 2024

काठमाडौं- छालाको भित्री सतहमा रहेको विशेष खालको ग्रन्थिबाट पसिना बन्दछ। यो गर्मीयाममा पसिना आउने समस्याबाट धेरै मानिसहरू पिरोलिने गरेका छन् । पसिना आउनु स्वास्थ्यका हिसाबमा राम्रो कुरा हो । किनकि शरीर भित्र रहेका विकारहरू पसिनाको रूपमा बाहिर आउँछ । तर धेरै पसिना आउनु पनि राम्रो भने मानिँदैन ।

शरीरबाट पसिना निस्केन या कुनै कारणवश पसिना भित्रै रोकिन गयो भने जसको फलस्वरुप कैयौँ प्रकारका शारीरिक रोगहरू उत्पन्न हुनसक्छ । अतः शरीरलाई स्वास्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ । कतिपयले धेरै पसिना आउनुलाई घट्दो फिटनेससँग तुलना गर्छन्। तर त्यो सत्य होइन ।

शरीरबाट पसिना निस्केन या कुनै कारणवश पसिना भित्रै रोकिन गयो भने जसको फलस्वरूप कैयौँ प्रकारका शारीरिक रोग उत्पन्न हुन सक्छन् । तर धेरै पसिना आउनु पनि राम्रो भने मानिँदैन । अतः शरीरलाई स्वास्थ्य राख्नको लागि पनि शरीरबाट पसिना निस्किनु अत्यन्त आवश्यक छ । पसिना आफैँमा गन्धरहित हुन्छ । शरीरबाट निस्केको पसिनाको स्वाद प्रायः नुनिलो हुन्छ । पसिनाको गन्ध भनेको तपाईँको सरसफाइसँग केन्द्रित हुन्छ ।

पसिना के हो ?

छालाको भित्री सतहमा अवस्थित स्वेट ग्रन्थिबाट पसिना बन्दछ । यो ग्रन्थिको काम भने शरीरको तापक्रमलाई नियन्त्रणमा राख्नु हो । अत्यधिक गर्मीका कारण छालालाई डढ्नबाट जोगाउनुका लागि स्वेट ग्रन्थिले छालाको माथिल्लो सतहमा नुनयुक्त पानी (पसिना) उत्पन्न गर्दछ। जसलाई पसिना भनिएको हो । पसिना आफैंमा गन्धरहित हुन्छ । शरीरबाट निस्केको पसिनाको स्वाद प्रायः नुनिलो हुन्छ ।

किन आउँछ पसिना ?

पसिना आउने कारण धेरै हुन्छन् । जसमा वंशाणुगत कारण, गर्मीमा धेरै शारीरिक श्रम गर्दा, खेलकुदको अभ्यास वा व्यायाम बढी गर्दा, तेलयुक्त मसलादार खाना बराबर खाँदा, कब्जियत हुँदा लगायतका कार्यबाट पसिना आउँछ।

अन्य कुनै शारीरिक रोग वा समस्या भएमा व कुनै संक्रमित रोगहरू जस्तो मलेरिया, टाइफाइड, डेंगु ज्वरो लगायतमा रोग लागेमा पनि शरीरबाट पसिना आउँछ। साथै मानसिक तनाव, चिन्ता, डर, भयलगायतबाट पनि बढी पसिना आउँछ। यस्तै शारीरिक रूपले अत्यधिक मोटो हुनु तथा शरीरको इम्युनोसिस्टमको कारण थाइराइड ग्रन्थी बढी सक्रिय भयो भने पनि पसिना धेरै आउँछ।

किन गनाउँछ पसिना ?

पसिना एउटा बास्नाहीन र गन्धरहित हुन्छ। जब हाम्रो शरीरबाट पसिना निस्किन्छ तब छालाको सतहमा तह बन्न पुग्छ। त्यो पसिनामा कुनै कीटाणु भयो भने पसिना गनाउँछ। शरीर फोहोर भयो भने पनि पसिना गनाउने हुन्छ। काखी, महिलाको स्तनको बीच भाग, थाइको बीचमा गन्ध धेरै आएको महसुस हुन्छ।

धेरै पसिना आए के हुन्छ त ?

पछिल्लो समय मानिस पसिना निकाल्न साइक्लिङ, व्यायाम, जगिङ्, मर्निङ वाक या जिममा र जुम्बामा जाने गर्दछन्। यसो गर्दा कुनै बेला आवश्यकता भन्दा बढीमात्रामा शरीरबाट पसिना आउन थाल्छ । यसरी आएको पसिनालाई चिकित्सा विज्ञानमा हाइपरहाइड्रोसिस अर्थात् अत्यधिक पसिना आउनु भनिन्छ । सामान्यतः महिलाको तुलनामा पुरुषलाई धेरै मात्रामा पसिना आउने गर्दछ ।

बढी पसिना आउन नदिन के गर्ने ?

सामान्यतया हामीले सजिलै गर्न सक्ने भनेको आफ्नो शरीरलाइ शीतल ठाउँमा राख्ने हो । जसबाट धेरै पसिना आउँदैन । पसिना बढी नआउन हामीले खानपानमा पनि ध्यान दिनुपर्छ। जसमा पानी प्रशस्त मात्रामा खाने, आफ्नो खानामा हरियो साग–सब्जीकासाथै दही, मही, तथा मौसमअनुसारको पानीयुक्त फलफूल तरबुजा, खरबुजा, काँक्रो बढीमात्रामा खाने, नरिवल पानी पिउने, चिया, कफी, बरफको सेवन नगर्ने, राति अबेरसम्म नबस्ने, धेरै बेर भोको नरहने घाममा निस्किदा छाताको प्रयोग गर्ने, पेट्रोलियमबाट बनेका लोसनको प्रयोग नगर्ने, बेकिङ पाउडर अथवा मकैको पीठोको पनि प्रयोग गरेर केही समयपछि नुहाउन सकिन्छ । बेबि पाउडर, सुगन्धित अथवा सुगन्ध नभएको पाउडर लगाउन सकिन्छ । पाउडरले पसिनालाई सोस्छ र बिहान व्यायाम गर्दा पनि सजिलो गराउँदछ । बढी मसलादार खाना नखाने, खानामा लसुन, अदुवा, गोलमरीचको प्रयोग कम गर्ने र प्याजको सेवन गरियो भने अत्यधिक आउने पसिनाको मात्रालाई घटाउन सकिन्छ।