आर्थिक

सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट  

By खबरहब

June 25, 2024

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको  आकर्षण देखिएको छ । आज होटल एण्ड टुरिजम क्षेत्रमा आकर्षण देखिएको छ । आज टुरिजम क्षेत्र ५८.८१ अंकले बढेको छ । 

केही समयदेखि बढ्दो ट्रेनमा रहेको फाइनान्स समूह भने आज सबैभन्दा बढी घटेको छ । आज एकै दिन फाइनान्स समूह ५४.२२ अंकले घटेको छ । 

मंगलबार ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार हुँदा नेप्से ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ । आज ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर कारोबार हुँदा सबैभन्दा कम अन्य समूहको घटेको छ । 

आज ३१९ वटा कम्पनीको शेयर कारोबार हुँदा १५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य भने घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।