अन्तर्राष्ट्रिय

विश्वका यी विभत्स हवाई दुर्घटना

By मनोज घिमिरे

July 25, 2024

२७ मार्च १९७७ लाई हवाई यात्राको इतिहासमै सबै भन्दा खराब दिनको रूपमा हेरिएको छ। एएलएम र बोइङ ७४७ टेनरिफ क्यानरी टापुमा सबै दृश्य प्रस्टसँग देखिँदैन थियो। दुई विमान एक आपसमा जुधेँपछि ५८३ जनाको ज्यान गएको थियो।

हवाई यातायातको इतिहासमै त्यो सबै भन्दा धेरै जनाको ज्यान गएको घटना थियो। केएलएम बोइङ ७४७ र पान अमेरिकन बोइङ ७४७ एक आपसमा ठोक्किएका थिए। राम्रो दृश्य नहेरी उडान भर्नु विमानको पाइलटकै गल्ती भएको ठहर समेत गरिएको थियो। यी दुवै विमान ग्रान कानरिया तर्फ जाँदै थिए। केएलएम १९७१ तथा पान अमेरिकन १९७० देखि सञ्चालनमा आएका थिए।

पान एएममा ३३५ तथा केएलएममा २४८ जना यात्रु सवार थिए। यसपछि हवाई यात्रामा केही नियम परिमार्जन गरिए। केही नयाँ प्रविधिको पनि प्रयोग पनि हुन थालेको थियो।

संसारमा धेरै यस्ता दुर्घटना भएका छन् जसलाई इतिहासले सधैँ सम्झने गरेको छ। टेनिरिफ घटनाले पनि संसारलाई यसरी झस्काएको थियो कि थुप्रै विषयमा सावधानी अपनाउन सचेत गराएको थियो। यसपछि नै ककपिट रिसोर्स म्यानेजमेन्टको सुरुवात भएको हो। प्राय दुर्घटनाले हवाई यातायातमा सावधानीका लागि नयाँ प्रावधान ल्याउन थालिएको छ।

सन् १९८५ मा जापान एयरलाइन्स फ्लाइट १२३ विमान दुर्घटना भएको थियो। हवाई यातायातको इतिहासमा यो एउटा दुखद दुर्घटनाको रूपमा हेरिएको छ। १२ अगस्ट १९८५ का दिन जापान एयरलाइन्सको बोइङ ७४७ टोकियो होनडा विमानस्थलबाट उडेको थियो। त्यो विमानमा भएको प्राविधिक गडबडीका कारण गएर पहाडमा ठोकिएको थियो। त्यो दुर्घटनाले २० जनाको ज्यान लिएको थियो। बल्क हेडको समस्याका कारण सो दुर्घटना भएको जनाइएको छ। दुर्घटनाले उडान पूर्व अझ धेरै कुरामा निरीक्षण गर्न हवाई यातायात क्षेत्रलाई सावधान गराएको थियो।

एउटै विमानमा सबै भन्दा धेरै जनाको ज्यान गएको यो नै दुर्घटना हो। यस अघि टनेरिफको दुर्घटनाले हवाई दुर्घटनामा कमी गर्नका लागि केही सावधानीका नियम लागु गरिएको थियो भने जापान एयरलाइन्सको विमान दुर्घटनाले निर्माणको समयमा पनि केही सावधानी अपनाउन सचेत गराएको थियो।

यी दुईपछि हवाई यातायातको इतिहासमा धेरैले दुखद घटनाको रूपमा सम्झने सन् १९९६ को चर्की दाद्री मिड एयर कोलिसन पनि हो। १२ नोभेम्बर १९९६ का दिन हावामा नै दुई विमान ठोकिएका थिए। साउदी अरेबियन एयर बोइङ ७४७ तथा काजकिस्तान एयरलाइन्सको ११–७६ चर्की दाद्री गाउँको माथि हावामा ठोकिएको थियो। सो गाउँ भारतीय राजधानी दिल्लीको छेउमा छ।

सो दुर्घटनामा दुवै विमानमा यात्रा गरेका कुल ३४९ जनाको ज्यान गएको थियो। भाषागत अस्पष्टता तथा केही असावधानीका कारण सो दुर्घटना भएको ठहर भएको छ। यसले नेभिगेसनल प्रविधिलाई अझ परिष्कृत गराउन सचेत गराएको थियो। साथमा हवाई यात्राका लागि सबैले बुझ्ने सहज भाषाको आवश्यकताको महसुस गरिएको थियो।

यो दुर्घटनाले अन्तर्राष्ट्रिय हवाई यातायातका क्षेत्रमा धेरै परिवर्तन गर्न बाध्य गरायो। राडार प्रविधि इन्सटलेसन यसै घटना पनि सुरु भएको हो। अहिले हवाई यातायातमा प्रस्ट अङ्ग्रेजी भाषा अनिवार्य गरिएको छ।

सन् १९९६ मा टिडब्लुएफ फ्लाइट ८०० अर्को ठुलो विमान दुर्घटना हो। एउटै वर्ष संसारले दुई दुखद हवाई दुर्घटनाको सामना गरेको थियो। ट्रान्स वर्ल्ड एयरलाइन्सको सो विमान न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलबाट फ्रान्सको पेरिसतर्फ गइरहेको थियो।

१७ जुलाईका दिन विमानले जमिन छाडेको १५ मिनेटमा नै विस्फोट भएर सो विमान आन्ध्र महासागरमा खसेको थियो। २३० जना त्यो विमनामा सवार थिए। त्यसको दुई दिन ओलम्पिक खेलकुदको सुरुवात हुँदै थियो। यसै कारण आतङ्कवादी हमालको कारण सो दुर्घटना भएको हुन सक्ने आशङ्का पनि धेरैको थियो।

नेशनल ट्रान्सपरेन्ट सेप्टी बोर्डले त्यसको अनुसन्धान गरेको थियो। फ्युल ट्याङ्कमा केही समस्या भएपछि यसैका कारण दुर्घटना भएको बोर्डले गरेको अनुसन्धानको ठहर थियो।

यस अनुसन्धान पनि फ्युल ट्याकको बारम्बार अनुसन्धानको क्रम सुरु भएको हो। यो दुर्घटना संसारकै एक दुखद घटना हो। यसले धेरैलाई फेरी एक पटक झस्काएको थियो।

सन् २०१४ मा मलेसियन एयरलाइन्सको फ्लाइट १७ पनि दुर्घटना भएको थियो। १७ जुलाई २०१४ मा दिन अमस्ड्रमबाट क्वालालम्पुरतर्फ गइरहेको सो विमान दुर्घटना भएको हो। विमानमा कुल २९८ जना थिए।

एमएच १७ त्यो विमान पूर्वी युक्रेनको माथि पुगे पछि यात्रा टुङ्गिइएको थियो। यसको अनुसन्धानबाट पत्ता लागेको थियो कि रुसको ५३ औं एन्टीएन्टी एयरक्राफ्ट मिसाइल ब्रिगेडले सो विमानलाई खसालेको पुष्टि भएको थियो।

यसलाई हवाई दुर्घटना भन्दा पनि बढी भूराजनीतिक कारणले निम्तिएको विध्वंसकारी परिस्थितिको रूपमा व्याख्या पनि गरिएको छ। त्यसपछि नै कन्फ्लिक्ट जोन तय गरेर विमान प्रवेश नगर्ने नीति लिइएको हो।

यी घटनाले हवाई यातायातमा अझ धेरै सुधारको आवश्यकता पुष्टि गरेको छ। स्रोत : काटजान लम्पर्ट