राजनीति

रास्वपा केन्द्रीय समिति : उपसभामुख राना र निलम्बित महामन्त्री ढकालबारे छलफल हुँदै

By खबरहब

July 25, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसुन्धरामा सुरु भएको छ ।

पार्टी मुख्यालय चामती बसुन्धरामा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक अवस्था र नेताहरू विवादमा जोडिएका विषयमा कुरा हुने बताइएको छ ।

बैठकको सुरुवातमा बुधबार काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिइएको छ ।

बैठकमा अमेरिकी दूतावासलाई उपसभामुख इन्दिरा राना मगरले भिसा माग्दै लेखेको पत्र र निलम्बित महामन्त्री डा. मुकुल ढकालले लगाइरहेका आरोपबारे छलफल हुँदैछ ।

पछिल्लो समय निलम्बित महामन्त्री ढकालले रास्वपाका सबै आन्तरिक कुरा सञ्चारमाध्यममा खोलिदिएका छन् ।

तर यसबारेमा रास्वपा सभापति रवि लामिछानेले औपचारिक रुपमा कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

अर्कातिर उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रले रास्वपा घेरिएको छ । तर राना एक समाजसेवी भएकाले गलत नियतले उक्त पत्र नलेखेको दाबी रास्वपा नेताहरूको छ ।

छलफलका विषय :

१. पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे जानकारी २. विभाग प्रमुख मनोनयनबारे छलफल ३. विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन ४. क्लोज क्याम्पबारे छलफल ५. कर्णाली विशेष अभियान ६. प्रदेश अभिमुखीकरण, जिल्ला बैठक र जिल्ला बहस ७. सल्लाहकार परिषद्‍मा मनोनयन ८. केन्द्रीय विभागमा बाँकी मनोनयनबारे छलफल र अनुमोदन ९. विविध