समाचार

बैठकमा उपस्थित हुन पर्यटनमन्त्रीलाई समितिको निर्देशन

By खबरहब

July 25, 2024

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाइक्षेत्र इयुको कालोसूचीबाट हटाउनका लागि भइरहेका तयारीका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले इयुको कालोसूचीबाट हटाउनका लागि भइरहेका तयारीका साथै आईकाओको रिपोर्ट सहित बैठकमा उपस्थित हुन पर्यटनमन्त्रीलाई निर्देशन दिएको हो । इयु सेफ्ट लिष्टमा कति दिनभित्र नेपाल पर्छ भन्ने जानकारी सहित उपस्थित हुन पर्यटनमन्त्रीलाई निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए  ।

बैठकले नेपाल एयरलाइन्सलाई कोरियामा उडान भर्नका लागि भइरहेका कार्ययोजनासहित उपस्थित हुन पनि पर्यटनमन्त्रीलाई निर्देशन दिएको उनले बताए ।

त्यस्तै पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनापछि बनेको जाँचबुझ आयोगको प्रतिवेदन समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको सभापति यादवले बताए ।

 बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित दुई विधेयकको अवस्थाका बारेमा जानकारी गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।