मनोरञ्जन

‘गोर्खे खुकुरी’को सफलतापछि ‘माछी’ सार्वजनिक

By खबरहब

July 25, 2024

काठमाडाैं – शान्ति श्री परियार र निश्चल दवाडीको स्वर रहेको गीत ‘गोर्खे खुकुरी’को सफलतापछि ‘माछी’ सार्वजनिक गरिएको छ ।

५ महिनाको अवधिमा युट्युबमा चार करोड २७ लाख बढी भ्युज पाएको सफलताको खुशी साट्न आयोजित कार्यक्रममा नयाँ गीत सार्वजनिक गरिएको हो ।

काठमाडौं जमलस्थित एक हलमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा शान्तिश्री परियार र समीक्षा अधिकारीले स्वर रहेको छ । गीतको भिडियोमा प्रियंका कार्की, लोमश शर्मा, कविता नेपाली र अनु परियारले नृत्य गरेका छन् ।

सो कार्यक्रममा निर्देशक एवं कलाकार दीपाश्री निरौला आमन्त्रित थिइन् । उनले गीत मन परेको प्रतिक्रिया दिँदै भनिन्, ‘गीत एकदमै राम्रो लाग्यो, गीत भन्न साथ त्यसै हात खुट्टा नाच्न थाल्छ । यो गीतमा नाच्न यति मजा आउँछ कि त्यहाँ बल्छी थापिरहनै पर्दैन ।’ कोरीयोग्राफीदेखि ड्रेसमा पनि एकदमै ध्यान दिएर भिडियो निर्माण भएको उनको भनाइ छ ।

यस गीतको शब्द र संगीत पुरूषोत्तम गैरेको रहेको छ । लोमश शर्माको प्रस्तुतिमा निर्माण भएको यो गीतको म्युजिक भिडियो उनैले निर्देशन गरेका हुन् । यसमा कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।