अन्तर्राष्ट्रिय

दुई सातामा पाकिस्तानको बलोचिस्तानबाट १९ जना बेपत्ता

By खबरहब

July 25, 2024

काठमाडौं – पाकिस्तानको बलोचिस्तानमा पछिल्लो दुई सातायता १९ जनालाई जबरजस्ती बेपत्ता पारिएको पाइएको छ । बलोचिस्तानमा भइरहेको भनिएको संदिग्ध नरसंहारको विरोधमा आगामी जुलाई २८ मा आयोजना गर्न लागिएको प्रदर्शनअघि बेपत्ताका घटना बाहिर आएको हो ।

बेपत्ता पारिएकामध्ये ४ जनालाई पछि छाडिएको र ६ जनाको शव फेला परेको जनाइएको छ । बलोचिस्तान पोस्टका अनुसार प्रान्तको बेपत्ता पारिनेमा विद्यार्थी, सामाजिक अभियन्ता, पत्रकार र स्थानीय राजनीतिक नेताहरु पनि छन् ।

राज्यको अवरान, डेरा बुग्ती, कलत, केच, गदर, मस्तुङजस्ता क्षेत्रबाट बढी नागरिकहरु बेपत्ता पारिएका छन् । प्रान्तमा बसोबास गर्ने नागरिकहरुमा अपहरणमा परिने वा बेपत्ता भइने त्रास बढ्दै गएको बलोचिस्तान पोस्टले जनाएको छ ।

पृथकतावादी गतिविधि बढ्दै जाँदा हालसम्म बलोचिस्तानमा हजारौँ नागरिक बेपत्ता रहेको बताइन्छ ।