समाचार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

By खबरहब

August 25, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायत विषयमा छलफल हुनेछ ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय समितिमा रहेकामा दुई सय ५१ केन्द्रीय सदस्यको सपथ ग्रहण गर्न बाँकी रहेकाले बैठकमा उनीहरूलाई सपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरुको जिम्मेवारी हेरफेर गरिने जनाइएको छ ।

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिने विषय प्राथमिकतामा रहेको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने उनको भनाइ छ ।

केन्द्रीय संरचनाहरुको निर्माण र विविध विषयमा छलफल गर्न पार्टीले केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको नेता पाण्डेयले जानकारी दिए । बैठक मंगलबारसम्म चल्नेछ ।